पदस्थापन सम्बन्धमा ।
प्रकाशित मिती: २०७२-१०-१३
क्षेत्रीय शिक्षा निर्देशनालय पश्चिमाञ्चल, पोखराको च.नं. ४५८ मिति २०७२/०९/२७ को प्राप्त पत्रानुसार निम्न माध्यमिक तहको विभिन्न विषयमा रिक्त्त रहेको दरबन्दीमा स्थायी नियुक्त्तिका लागि सिफारिस भई आएका उम्मेदवारहरुलाई पदस्थापन गर्ने प्रयोजनकालागि विद्यालय छनौट गर्न निम्न कागजात सहित ७ (सात) दिन भित्र यस कार्यालयमा सम्पर्क राख्नुहुन सम्बन्धित सबैका लागि सूचित गरिन्छ । समयमा विद्यालय छनौट गर्ने फाराम नबुझाएमा नियमानुसार पदस्थापन हुने व्यहोरा समेत जानकारी गराईन्छ ।
तपसिल
१. शैक्षिक योग्यता सम्पूर्ण प्रमाण पत्रको प्रतिलिपि १/१ प्रति ।
२. नागरिकता एवं अध्यापन अनुमति पत्रको प्रतिलिपि १/१ प्रति ।
३. अनुसूची १४ अनुसारको निरोगिताको सक्कल प्रमाण पत्र ।
४. अस्थायी एवं करारमा कार्यरत भएको भए सम्बन्धति तहको नियुक्त्ति पत्रको प्रतिलिपि र विद्यालयको सेवा प्रमाणित (यस जिल्लाको हकमा मात्र) ।
५. अपाङ्गता भए 'क' र 'ख' श्रेणीको अपाङ्ग परिचय पत्रको प्रतिलिपि ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
