जिल्लाको बारेमा
स्वागत छ जिल्ला शिक्षा कार्यालय अर्घाखाँचीमा !!! जिल्ला शिक्षा कार्यालय, अर्घाखाँचीको अडियो नोटिस बाेर्ड नं. १६१८०७७४२०५५५!!!
जिल्लाको संक्षिप्त परिचय:
अर्घा खाँची दुइ पुराना चौविसे राज्यहरुलाई एकीकृत गरी जिल्लाको नामाकरण भएको छ । समुन्द्र सतहबाट १००० फिट देखि ८२५० फिट सम्मको उचाईमा फैलिएको यस जिल्लाको पूर्वमा गुल्मी र पाल्पा, पश्चिममा प्यूठान र दाङ, उत्तरमा गुल्मी र दक्षिणमा कपिलवस्तु र रुपन्देही जिल्ला पर्दछन् ।
यो जिल्ला २७०४५' उत्तरी अक्षांश देखि २८०६' उत्तरी अक्षांशसम्म र ८००४५' पूर्वी देशान्तर देखि ८३०२३' सम्म फैलिएको छ भने ११९३ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । राजनैतिक विभाजन अनुसार यस जिल्लामा २ निर्वाचन क्षेत्र, ११ इलाका र ४२ गा.वि.स.छन् ।
आजको युग सूचना र प्रविधिको युग हो । कुनै एक ठाउँमा भएका योजना, गतिविधि,कार्यान्वयन प्रक्रिया,सफलताका उदाहरणहरु र सूचनाहरुलाई अर्को ठाँउमा पारदर्शी रुपबाट सरोकारवालाहरु समक्ष पुर्याउनु जिम्मेवार निकायको मुख्य कर्तव्य रहेको हुन्छ । यसै सन्दर्भमा हाम्रो कार्यालयबाट पनि शिक्षाको सुनिश्चितता,निरन्तरता,शैक्षिक व्यवस्थापन र शैक्षिक गुणस्तर वृद्धिका लागि गरिएका प्रयाशहरुलाई सम्बन्धित सरोकारवाला,निकाय,व्यक्तिहरु समक्ष पुर्याउनको लागि यो Web Site निर्माण गरि प्रयोगमा ल्याइएको छ । यसमा राखिएका विषय वस्तुहरुको अधिकतम जानकारी लिनुहुन र प्रयोगमा ल्याउनुका साथै विषयवस्तुहरुलाई अझै सरल, सहज र रचनात्मक बनाउन सुझाव र सल्लाहको अपेक्षा गर्दछौ ।
परिपत्र तथा सूचना
- कार्य सम्पादन करारको प्रगति पठाउने बारे ।
- अपाङ्गता भएका वालवालिकाहरुको आवासीय छात्रवृत्ती सम्बन्धि सूचना ।
- माध्यिमक शिक्षा परीक्षाा (SEE) २०७३ सम्बन्धि विवरण
- विषय- विवरण पेश गर्ने बारे ।
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ को GPA गत नतिजा
- विद्यार्थी भर्ना अभियान अभियान २०७३
- निम्न माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा २०७२ को नतिजा
- माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (SLC) २०७२ सम्बन्धी जानकारी थप हेर्नुहोस
